Logo
२१ वैशाख २०८१, शुक्रबार

भत्कियो गठबन्धन : एमालेसँग नयाँ समीकरण, आजै मन्त्रीमण्डल पुनर्गठन हुन सक्ने

अक्षरपाटी
२०८० फागुन २१ , सोमबार १०:०३ मा प्रकाशित

काठमाडौं,२१ फागुन । नेपाली कांग्रेस र माओवादी केन्द्रलगायतको वर्तमान सत्ता गठबन्धन भत्किएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।

आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ ।

त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेट्ने सहमति भएको छ ।

नयाँ सहमति अनुसार, आज बिहानै बसेको बैठकबाट रास्वपाले निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रीमण्डल पुनर्गठन गर्नेछन्।