Logo
२१ वैशाख २०८१, शुक्रबार

म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छ : प्रचण्ड

अक्षरपाटी
२०८० फागुन २१ , सोमबार ०४:०३ मा प्रकाशित

काठमाडौं,२१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रतिक्रियावादी शक्तिहरुले धेरै पटक घेरा हालेर सिध्याउने प्रयास गरे पनि नसकेको बताएका छन् ।

‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउनुपर्ने बताए ।

उनले भने, ‘कमरेड विप्लव उठ्दा तपाईंहरुमा एउटा तरंग पैदा हुन्छ । म त म भइहालें । म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरुबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरु भए । घेरा तोड्दै आएका छौं, तोड्छौं । त्यसैले हामी क्रान्तिकारी शक्तिहरु एकै ठाउँमा आउने बाटो खोजौं ।’