Logo
२१ वैशाख २०८१, शुक्रबार

उपेन्द्र यादवले गरे पद तथा गोपनीयताको शपथ ग्रहण

अक्षरपाटी
२०८० फागुन २७ , आईतबार ०३:०३ मा प्रकाशित

काठमाडौं,२७ फागुन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण गरेसँगै उनले चौथो वरीयता पाएका छन्।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सूचीअनुसार रघुवीर महासेठलाई पहिलो वरीयताको उपप्रधानमन्त्री बनाइएको छ। त्यसपछि दोस्रो वरीयतामा नारायणकाजी श्रेष्ठ र तेस्रोमा रवि लामिछाने छन्। आइतबार शपथ लिएका यादवलाई भने चौथो वरीयतामा राखिएको छ।

यद्दपि यादव पटक-पटक लामिछाने र महासेठभन्दा पहिले नै उपप्रधानमन्त्री भइसकेका व्यक्ति हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज जनता समाजवादी पार्टीका अध्यक्ष यादव र नवलकिशोर साह सुडीलाई लिएर दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेका हुन्। नवलकिशोरलाई वन मन्त्रीको जिम्मेवारी दिइएको छ।