Logo
२२ वैशाख २०८१, शनिबार

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

अक्षरपाटी
२०८० फागुन २९ , मंगलबार ०१:०३ मा प्रकाशित

काठमाडौं,२९ फाल्गुण । राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा भएको मतदानमा अत्यधिक बहुमता सांसदको समर्थनसहित निर्वाचित भएका हुन् ।

माओवादी नेतासमेत रहेका दाहाल राष्ट्रिय सभामा सरकारबाट मनोनित सांसद थिए । ५७ सांसद उपस्थित राष्ट्रिय सभाको आजको बैठकमा दाहालले ३९ मत प्राप्त गरे । उनको विपक्षमा १७ मत पर्यो । जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मा मतदानमा सहभागी भएनन् ।