Logo
१५ वैशाख २०८१, शनिबार

उपाधि जित्न पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य

उपाधि जित्न पपुवा न्युगिनीले नेपाललाई दियो १७२ रनको लक्ष्य

अक्षरपाटी
२०८० फागुन ३० , बुधबार ०१:०३ मा प्रकाशित

काठमाडौं,३० फागुन । हङकङमा चलिरहेको त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले नेपाललाई १७२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो ।

पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाए । यस्तै, हिला जर्ज वाइके वारेले १८, अलेई नाओले ३०, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड आइवती सोपरले १३ रन बनाए ।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन-तीन, करण केसी र गुल्शन झाले एक-एक विकेट लिए ।