Logo
२४ वैशाख २०८१, सोमबार

उदयपुर दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या ७ जना पुग्यो

अक्षरपाटी
२०८० चैत्र १ , बिहीबार ०२:०३ मा प्रकाशित

भोजपुर,१ चैत । धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेको जीप दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परि एक बच्चा, तीन पुरुष र तीन महिलाको ज्यान गएको छ ।

को १ ज २५९३ नम्बरको जीप दिउँसो साढे १ बजेतिर उदयपुरको बेलका नगरपालिका–७ बाखाकुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका सात जनाको अहिले धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको परिचय खुल्न नखुलेको बताउनुभयो । जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।