Logo
२२ वैशाख २०८१, शनिबार

कार्यपालिका बैठकमै प्रशासकीय अधिकृत कुटिए

अक्षरपाटी
२०८० चैत्र १ , बिहीबार ०५:०३ मा प्रकाशित

कैलाली, १ चैत । डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यपालिका बैठकमै कुटिएका छन ।

बिहीबार अपराह्न ३ बजे नगरपालिकाको वडा नम्बर १२ स्थित हलमा बसेको बैठकमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक कार्कीका अनुसार जोशीमाथि भाँचिएको प्लास्टिकको कुर्सीले प्रहार गर्दा टाउकोमा चोट लागेको छ।

उनको टाउकोमा चोट लागेपछि नजिकैको जोगबुढा अस्पतालमा उपचारका लागि लगिएको थियो। उनीमाथि कसले कुटपिट गरेको यकिन भइनसकेको डिएसपी कार्कीले बताए।

प्रहरीका अनुसार कार्यपालिका बैठकमा शिक्षा शाखा प्रमुख, उपप्रमुख लगायतबीच विवाद भएको थियो।