Logo
२१ वैशाख २०८१, शुक्रबार

आज विश्व अन्तर्राष्ट्रिय खुशी दिवस: भारतीय भन्दा नेपाली धेरै खुशी

अक्षरपाटी
२०८० चैत्र ७ , बुधबार १०:०३ मा प्रकाशित

काठमाडौं,७ चैत । आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघले हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुशी दिवस मनाउँदै आएको छ । हरेक मानिसले खुशी हुन पाउनु अधिकार हो भन्ने मान्यतामा खुशी दिवस मनाउन थालिएको हो ।

राष्ट्र संघले सन् २०११ देखि खुसीलाई आधारभूत मानव लक्ष्य बनाएको हो । खुशी सूचकांकमा फिनल्याण्ड विश्वकै सबैभन्दा खुशी राष्ट्र बन्दै आएको छ । यो वर्ष पनि खुसी राष्ट्रका सूचीमा फिनल्याण्ड दर्ज भएको छ ।

वल्र्ड ह्यापिएस्ट रिर्पोटअनुसार फिनल्याण्ड विश्वकै खुसी राष्ट्रको सूचीमा एक नम्बरमा परेको हो ।

१ सय ४३ देशको सूचीमा नेपाल ९३ औं स्थानमा छ । खुशी हुने सवालमा भारत नेपाल भन्दा धेरै पछाडि छ ।

भारत १ सय २६ औं स्थानमा रहदा भारतलाई उछिन्दै पाकिस्तान १ सय ८ औं नम्बरमा सूचीकृत छ ।

सबैभन्दा कम खुशी हुने राष्ट्रमा अफगानिस्तानलाई सूचीकृत गरिएको छ । अफगानिस्तानभन्दा एक अंकले मात्र लेबनान अगाडि छ ।