Logo
१५ वैशाख २०८१, शनिबार

‘जुनियर मिस्टर एण्ड मिस इटहरी’मा आर्या र मननलाई उपाधी

अक्षरपाटी
२०८० चैत्र १३ , मंगलबार ०१:०३ मा प्रकाशित

इटहरी। जुनियर मिस्टर एण्ड मिस इटहरीको दोश्रो संस्कार सम्पन्न भएको छ।

आइतबार इटहरीमा सम्पन्न भएको ग्रान्ड फिनालेबाट गर्ल्स तर्फ आर्या बस्नेत बिजेता भएकी छन् भने ब्वाईज तर्फ मनन लुइँटेलले उपाधी हात पारेका छन्।

उपाधी बिजेता बस्नेत र लुइँटेलले २५, २५ हजार नगदका साथै अन्य पुरस्कार प्राप्त गरेका छन् । यस्तै गर्ल्स तर्फ नुमा राई फर्स्ट रनरअप, सृष्टि दाहाल सेकेन्ड रनरअप र दिब्यान्शी पोख्रेलले पब्लिक च्वाइसको अवार्ड हात पारे।

यता ुजुनियर मिस्टर एण्ड मिस इटहरीु दोश्रो संस्करणको ब्वाइज तर्फ फर्स्ट रनरअप दिक्षीत सुवेदी र सेकेन्ड रनरअप गौरव गिरी भएका छन्।

पब्लिक च्वाईसको अवार्ड सामिप्य श्रेष्ठले हात पारेका छन् । ड्रिम मोडलिङ एजेन्सिको आयोजनामा भएको ग्राण्ड फिनालेमा ५८ जना बालबालिकाहरुको सहभागीता रहेको थियो।