Logo
१५ वैशाख २०८१, शनिबार

रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार तोक्ने संकेत

अक्षरपाटी
२०८० चैत्र १३ , मंगलबार ०४:०३ मा प्रकाशित

काठमाडौं,१३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ ।

स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिए ।

लिम्बु माओवादी केन्द्र निकट पत्रकाहरुको संस्था प्रेस सेन्टरमा आवद्ध छन् । उनी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समेत हुन् ।

तर रास्वपाले भने विगतको पृष्ठभूमि नहेरी योग्य उम्मेदवार उठाउने बताउँदै आएको छ । ‘कुन पार्टीको के भनेर आवद्धता हेरिन्न् । रास्वपासँग जोडिएर उम्मेदवार हुन इच्छुक व्यक्तिको विगत विवादित हुनु भएन’ रास्वपाका उच्च तहका एक नेताले भने, ‘अनियमितता र विवादमा नरहेको देखिए उहाँ उम्मेदवार हुने सम्भावना बढी छ ।’

रास्वपाले १७ चैतमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने जनाएको छ ।