Logo
८ साउन २०८१, मंगलबार

सुनसरीमा दुई समूहबीच झडप, ६ राउण्ड गोली चल्यो

अक्षरपाटी
२०८० चैत्र २३ , शुक्रबार ०२:०४ मा प्रकाशित

काठमाडौं,२३ चैत्र । सुनसरीको हरिनगर गाउँपालिका– १ स्थित भुटाहामा दुई समूहबीच झडप हुँदा ४ जना घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुलाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

बिहीबार एसईई परीक्षाका विषयमा बालकृष्ण माविमा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएको थियो । समूहबीच झडप भएपछि सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै प्रहरीले ६ राउण्ड हवाइ फायर तथा ११ राउण्ड अश्रूग्यास प्रहार गरेको छ ।

कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक सिग्देलले दुई समूहबीचको झडपलाई नियन्त्रणमा लिने क्रममा ६ राउण्ड हवाइ फायर गरेको बताए । साथै दुई समूहबीच झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।