Logo
१९ वैशाख २०८१, बुधबार

चैतभित्रै सबै जिल्लामा किताब पुग्छ : जनक शिक्षा

अक्षरपाटी
२०८० चैत्र २५ , आईतबार ०४:०४ मा प्रकाशित

काठमाडौं,२५ चैत । जनक शिक्षा सामग्री केन्द्रले २८ चैतभित्रै सबै जिल्लामा किताब पुग्ने बताएको छ ।

नयाँ शैक्षिक सत्रको लागि ७१ जिल्लाका वितरण केन्द्रमा किताब पुगिसकेको केन्द्रले जनाएको छ । २ वटा जिल्लाका लागि आइतबार (आज) वितरण भइरहेको र बाँकी जिल्लाहरूमा सोमबारदेखि वितरण सुरू हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार आज दाङ र कञ्चनपुरका लागि पुस्तक वितरण भइरहेको छ ।

बाँके, बर्दिया, कैलाली र सोलुखुम्बु जिल्लाको लागि वितरण हुन बाँकी छ । बर्दियाको सोमबार र मंगलबार, कैलालीको मंगलबार र बुधबार वितरण हुने केन्द्रको भनाइ छ । सोलखुम्बुको मंगलबार र बाँकेको लागि बुधबार वितरण हुने केन्द्रले जनाएको छ ।