Logo
१८ वैशाख २०८१, मंगलबार

अब राष्ट्रिय फल सुन्तला

अक्षरपाटी
२०८० चैत्र ३० , शुक्रबार ०४:०४ मा प्रकाशित

काठमाडौं,३० चैत । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

। सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सुन्तला नेपालको रैथाने फलफूल हो । नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् ।

उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तललाई राष्ट्रिय फल घोषणा गरिएको हो ।