Logo
१८ वैशाख २०८१, मंगलबार

इजरालयमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

अक्षरपाटी
२०८१ वैशाख २ , आईतबार ०२:०४ मा प्रकाशित

२ वैशाख । इरानले इजलायलमाथि आक्रमण गरेपछि तेलअभिभस्थित नेपाली राजदूतवासले इजरायलमा रहेका नेपालीहरूलाई सुक्षित स्थानमा रहन आग्रह गरेको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन आग्रह गरेको छ ।

परराष्ट्र्र प्रवक्ता अमृत राईले इजरायलमा रहेका नेपालीहरूका बारेमा तेलअभिभस्थित दूतावासले सूचना जारी गरेको बताए । उनले अहिले त्यहाँको अवस्थाबारे जानकारी लिने काम भइरहेको बताए ।

गए राति इरानले इजलायलमाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो । सो आक्रमणपछि इजरायलमा विद्यालयसमेत बन्द गरिएका छन् । इरानको यो आक्रमणपछि मध्यपूर्वमा युद्ध विस्तार हुन सक्ने जोखमि बढेको छ । यसअघि हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए भने एक जना नेपाली अझै सम्पर्कबिहीन छन् ।