Logo
१९ वैशाख २०८१, बुधबार

एमालेको समर्थनपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीले गरे दाबी

अक्षरपाटी
२०८१ वैशाख ६ , बिहीबार ०४:०४ मा प्रकाशित


धनगढी,६ वैशाख । सुदूरपश्चिम मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन्।

बिहिवार दिउँसो ४ बजे प्रदेश प्रमुखलाई भेटेर उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्।

वैशाख ४ गते साँझ ६ बजेतिर स्पष्ट बहुमत नरहेको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका थिए।

सोडारीले अन्तिम दिन दाबी पेस गरेका हुन्।

सोडारीले नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्त‍िका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सासंदको लिखित सर्मथन जुटाएर मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन्।

सत्ता गठबन्धनभित्र रहेको दल एमालेले मुख्यमन्त्रीमा पात्र बदल्नुपर्ने बताएपनि अन्ततः सोडारीलाई नै समर्थन गरेको छ।

सोडारीले बिहीबार नै शपथ लिने तयारी छ।

सुदूरपश्चिम