Logo
२० वैशाख २०८१, बिहीबार

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलामा ७०० ले बढ्यो

अक्षरपाटी
२०८१ वैशाख ७ , शुक्रबार ११:०४ मा प्रकाशित

काठमाडौं, ७ वैशाख । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यो मूल्य हालसम्मकै उच्च हो । छापावाला सुनको यसअघिको उच्च मूल्य प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँ थियो । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी प्रतितोला एक हजार ७२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ७२५ रुपैयाँमा करोबार भएको थियो ।