Logo
२१ वैशाख २०८१, शुक्रबार

धादिङमा गुड्दै गरेको ट्रकमा आगलागी

अक्षरपाटी
२०८१ वैशाख ११ , मंगलबार ११:०४ मा प्रकाशित

धादिङ,११ वैशाख । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।

ट्रकमा आगलागी भएपछि राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ।

धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको छ ।

क्षतिको विवरण भने आइसकेको छैन।