Logo
२३ कात्तिक २०८२, आईतबार

नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चीनको सिमेन गोल्ड ड्रागनले ३ अर्ब लगानी गर्ने

अक्षरपाटी
२०८१ वैशाख १७ , सोमबार ०५:०४ मा प्रकाशित


काठमाडौं, १७ वैशाख । चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि ३ अर्ब रूपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ।

यो कम्पनीले लगानी सम्मेलनको अवसर पारेर नेपालको कोशी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक ५००० थानभन्दा बढी गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो।

कम्पनीले सुरूमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चार पांग्रे सवारीसाधन उत्पादनमा जोड दिने जनाएको छ। कोशी एनके मोटर्सका अध्यक्ष टिकाराम पुरीका अनुसार यहीँ वर्षबाट गाडी उत्पादन सुरू गर्ने योजना छ।

प्लान्टका लागि कम्पनीले विराटनगरको बूढीगंगामा १५ बिगाहा जग्गा लिइसकेको उनले जानकारी दिए। कम्पनीले १४, १८ र १२ सिट क्षमताको कमर्सियल गाडी उत्पादन गर्ने उनले बताए।