Logo
२३ मंसीर २०८२, मंगलबार

सुनको मूल्य तोलामा ८ सयले घट्यो

अक्षरपाटी
२०८१ वैशाख २७ , बिहीबार ११:०५ मा प्रकाशित

काठमाडौं,२७ बैशाख । नेपाली बजारमा सुनको मूल्य आज तोलामा आठ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३५ हजार छ सय रुपैयाँ निर्धारण भएको छ।

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा एक लाख ३५ हजार सात सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३४ हजार नौ सय ५० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको छ। बुधबार तोलामा एक हजार छ सय ७५ रुपैयाँमा कारोबार भएकामा चाँदी आजका लागि एक हजार छ सय ८५ रुपैयाँ निर्धारण भएको छ।