Logo
१८ असोज २०८१, शुक्रबार

मुख्ममन्त्री सोडारीले पाए विश्वासको मत

अक्षरपाटी
२०८१ जेठ ३ , बिहीबार ०१:०५ मा प्रकाशित

धनगढी,३ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा २८ मत र विपक्षमा शून्य मत खसेको छ। बैठकमा २८ सांसद सहभागी थिए।

नेपाली कांग्रेस र नागरिक उन्मुक्ति रेशम पक्षका सांसदहरूले भने विश्वासको मत दिएनन्। उनीहरू मतदान प्रक्रियामा सहभागी नै भएनन्। मुख्यमन्त्री सोडारीले एमाले,नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी रन्जिता पक्षका र स्वतन्त्र सांसले विश्वासको मत दिएका हुन्।

बैठक सुरु हुनेबित्तिकै कांग्रेस र नाउपाको रेशम चौधरी पक्षका सांसदहरूले विरोधसहित नाराबाजी गरेका थिए । विरोधका बीच सभामुख भण्डारीले मतदान प्रक्रिया अगाडि बढाएपछि उनीहरूले बैठक बहिष्कार गरेका थिए।

उनी वैशाख ६ गते एमाले,माओवादी,नागरिक उन्मुक्तिका २ जना र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

सुदूरपश्चिम