Logo
२३ असोज २०८१, बुधबार

कीर्ते गरेर नागरिकता लिएको भन्दै कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

अक्षरपाटी
२०८१ जेठ ८ , मंगलबार ०२:०५ मा प्रकाशित

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत धनुषाले सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको हो।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनले दोहोरो नागरिकता लिएको अभियोगमा पक्राउ पुर्जी जारी भएको हो।

उनले दोहोरो नागरिकता लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

सिरोहियाले कीर्ते गरेर नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको छ।

उनले विभिन्न स्थानमा प्रयोग गरेको नागरिकता नम्बर फरकफरक पाइएको र उनको नागरिकतामा उल्लेख भएको नम्बरमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्कै व्यक्तिको नाममा समेत नागरिकता जारी भएको दाबी जाहेरीमा गरिएको छ।

जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र उनले नक्कली नागरिकताको प्रयोग गरिरहेको दाबी गरिएको छ।

जाहेरीसँगै संलग्न कागजपत्रहरूमा सिरोहियाको २०१९ जन्म मिति राखेर २०३३, ०३४ मा धनुषाबाट जारी भएको नागरिकताको नम्बर र २०३६ भदौ २० मा जनकपुर उपमहानगरपालिका २ ठेगानाबाट शिवजी साहु तेलीको नाममा जारी भएको नागरिकता नम्बर एउटै छ।

प्रहरीले पक्राउ पुर्जी जारी नगर्दै सिरोहिया सर्वोच्च अदालत गएका थिए।