Logo
२३ असोज २०८१, बुधबार

निसर्ग हस्पिटलमा पहिलोपटक थाइरोइडको शल्यक्रिया सफल

अक्षरपाटी
२०८१ जेठ ८ , मंगलबार ०४:०५ मा प्रकाशित

धनगढी, जेठ । पहिलोपटक धनगढीको निसर्ग हस्पिटलमा थाइरोइडको सफल शल्यक्रिया भएको छ । नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सुमन थापा, फिजिसियन डा. हितेश जोशी, एनेसथेसियोलोजिष्ट डा. हेमन्त ओझा र डा.सुशील भट्टलगायतको टोलीले पहिलोपटक सफल शल्यक्रिया गरेका हुन् ।

प्रायःबिरामी भने औषधि सेवन गरेरै रोकथामको उपाय अपनाउने गरे पनि निसर्ग हस्पिटलको विशेषज्ञसहितको चिकित्सक टोलीले थाइरोइडको शल्यक्रिया सफलरुपमा गरेपछि विरामीमा खुसी सञ्चार छाएको छ ।

‘थाइरोइडको सुरुवाती चरणदेखि २ वर्षको अवधिसम्म नियमित औषधि सेवनबाट थाइराइड ग्रन्थी नियन्त्रण हुन्छ,’ फिजिसियन डा. हितेश जोशीले भने,‘यदि औषधि सेवनबाट नियन्त्रण हुन नसकेमा शल्यक्रिया नै अन्तिम उपाय हो ’
सुदूरपश्चिममा थाइरोइडका बिरामी अत्याधिक छन् ।

डाक्टरको नियमित परामर्शमा विरामीहरु औषधि सेवन गरेर थाइरोइडलाई नियन्त्रण गरिरहेका छन् ।


थाइरोइड के हो ?

शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रिया नियन्त्रण गर्न थाइराइड हर्मोन आवश्यक पर्छ । थाइराइड रोग होइन । यो हाम्रो घाँटीमा हुने ग्रन्थी हो । यसले टी ३ र टी ४ नामक हर्माेन बनाउँछ । यो हर्मोनले शरीरलाई चाहिने तत्व विभिन्न अंग, कोशिकामा पु¥याउन सहयोग गर्छ र शरीरले तागत प्राप्त गर्छ । मेटाबोलिजम फोक्सो, हड्डी, छाला, मुटुलगायत शरीरका सबै अंगलाई चाहिने कुरा हो।


थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हर्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र हर्मोन कम हुनुलाई हाइपो थाइराडिज्म भनिन्छ । थाइराइड ग्रन्थीले राम्रोसँग काम गरेको छ कि छैन भनेर थाहा पाउन थाइराइड फङसन टेस्ट गर्नुपर्छ । त्यसमा थाइराइड स्टीमुलेटिङ हर्मोन (टीएसएच) जाँच हुन्छ। यसैबाट हर्मोन कम छ कि बढी छ भन्ने थाहा हुन्छ । टीएसएच एकदमै घट्न थाल्यो भने हर्मोन बढी छ भन्ने बुझिन्छ ।
टीएसएचले थाइराइड हर्माेन र थाइराइड ग्रन्थीलाई नियन्त्रण गर्ने काम गर्छ । यो टेस्ट गरेपछि शरीरमा थाइराइडले राम्रोसँग काम गरेको छ कि छैन भन्ने थाहा हुन्छ ।


किन हुन्छ थाइराइड ?
हर्मोनको कमीले गर्दा हाइपोथाइरिटिजम देखिने समस्या बढी हुन्छ । ३०–४० वर्षअगाडि आयोडिनको कमीले गर्दा हर्मोन कमी हुन्थ्यो । तर, अहिले थाइराइड अटो इम्युनको कारणले गर्दा हुन्छ । प्रतिरोधी प्रणाली (इम्युन सिस्टम) ले भित्रबाट थाइराइड ग्रन्थी भत्काउँछ । लिथियम नामक औषधिले हर्मोन कम हुनसक्छ । हर्मोन बढीको समस्यामा झोल आयोडिन दिइन्छ ।
लक्षण
हर्मोन कम र बढी हुँदाका लक्षण अलग–अलग हुन्छन् ।
कम हुँदा
शरीर गलेको महसुस हुने ।
शरीर सुन्निने।
कपाल झर्ने।
निन्द्रा नलाग्ने वा बढी लाग्ने।
छाला फुस्रो हुने।
महिनावारी गडबड हुने।
बढी हुँदा
तौल घट्दै जाने।
शरीर तातो हुने।
निन्द्रा नलाग्ने।
मुटुको धड्कन बढेजस्तो हुने।
हात–खुट्टा काँप्ने।
चिडचिड पसिना आउने।
बढी रिस उठ्ने।

थाइराइडको समस्या पुरुषमा भन्दा बढी महिलामा देखिन्छ किनभने अटोइम्युन समस्या पुरुषमा भन्दा महिलामा बढी हुन्छ । र, हर्माेन कमीको समस्या पुरुषभन्दा महिलामा नै बढी देखिन्छ । थाइराइड जुनसुकै उमेरका व्यक्तिलाई पनि हुने समस्या हो । हर्मोन बढीको समस्या २० देखि ४० वर्षको उमेरमा बढी देखिन्छ । हर्मोनको कमी जुनसुकै उमेरमा देखिने भएपनि ३०–४० वर्ष कटेपछि बढी देखिन्छ ।