Logo
२८ भदौ २०८३, आईतबार

कंगना रनावतलाई थप्पड हान्ने सुरक्षाकर्मी निलम्बन

अक्षरपाटी
२०८१ जेठ २५ , शुक्रबार ११:०६ मा प्रकाशित


काठमाडौं, २५ जेठ । भारतीय जनता पार्टी (भाजपा) की लोक सभा सांसद कंगना रनावतलाई थप्पड हान्ने सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सिआइएसएफ) की सुरक्षाकर्मी निलम्बनमा परेकी छन्।

सुरक्षाकर्मी कुलविन्दर कौरले चण्डीगढ विमानस्थलमा रनावतमाथि बिहीबार थप्पड हानेको आरोप छ।

हिमाचल प्रदेशको मन्दी क्षेत्रबाट लोक सभा सदस्य निर्वाचित भएकी कंगना नयाँ दिल्ली जान विमानस्थल पुगेकी थिइन्।

त्यही बेला सुरक्षाकर्मी कौरले रनावतमाथि थप्पड हानेको आरोप छ। सांसदमाथि थप्पड हानेको आरोपमा कौरलाई निलम्बनसमेत गरिएको छ।

उनीविरूद्ध उजुरी पनि दर्ता भएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ। घटनापछि सामाजिक सञ्जालमा भिडिओहरू सार्वजनिक भएका थिए।

कंगना रनावतले पनि आतंक फैलिएको भन्दै सामाजिक सञ्जालमा भिडिओ हालेकी थिइन्।

त्यस्तै कौरले पनि घटनापछि बोलेको भिडिओ बाहिरिएको थियो।

नयाँ दिल्लीमा भएको किसान आन्दोलन हुँदा रनावतले किसानको अपमान गरेको हुँदा थप्पड हानेको भन्दै भिडिओमा बोलेकी थिइन्।

ट्रेन्डिङ ( साप्ताहिक )