Logo
२४ असोज २०८१, बिहीबार

सेयर बजारमा उतारचढाव कायमै, १०.४४ अंकले घट्यो नेप्से

अक्षरपाटी
२०८१ असार ६ , बिहीबार ०३:०६ मा प्रकाशित


काठमाडौँ,६ असार । सेयर कारोबार मापक नेप्से परिसूचक १०.४४ अंकले घटेको छ । बिहीबार शून्य दशमलव ५० प्रतिशतले घटेको नेप्से अंक २०६८.३१ विन्दुमा सीमित भएको हो । कुल १८६ कम्पनीको मूल्य घट्यो भने ५२ कम्पनीको सेयर मूल्य घट्यो । ८ वटा कम्पनीको मूल्य स्थिर रह्यो ।

आज ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८७ करोड रुपैयाँ कारोबार भएको छ । फाइनान्स उपसमूह ४२.०२ अंकले बढ्दा अन्य सबै उपसमूह घटेको छ । सबैभन्दा बढी विकास बैंक उपसमूह ३४.६१ अंकले घटेको छ । बै‌ंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बिमा, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त उपसमूह घटेको छ ।

कालिका लघुवित्त वित्तिय संस्था, बाराही हाइड्रोपावर, सनराइज ब्लुचिप फन्डको सेयर मूल्य बढ्यो । सबैभन्दा बढी कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.७१ प्रतिशतले बढ्यो । कुथेली बुखारी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको मूल्य घट्यो ।

कारोबार र रकमका आधारमा सबैभन्दा अघि माउन्टेन नेपाल इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट अघि रहे । माउन्टेन नेपाल इनर्जीको २ लाख ८१ हजार १६८ कित्ता सेयर १७ करोड १४ लाख ८४ हजार रुपैयाँका खरिदबिक्री भएको छ ।