Logo
२१ असोज २०८१, सोमबार

शरीरभरी तरकारी लगाएर देखाइयो तरकारीको जात्रा !

अक्षरपाटी
२०८१ असार ७ , शुक्रबार ०३:०६ मा प्रकाशित

तानसेन,७ असार । तानसेनमा तरकारी जात्रा देखाइएको छ। युवायुवतीले शरीरभरी तरकारी लगाएर प्रदर्शन गरेका थिए। शीरदेखि पाउसम्म विभिन्न थरीका तरकारी प्रदर्शन गर्दै हिँडेका युवायुवतीसँग तानसेन बजारमा सेल्फी खिच्ने र खिचाउनेहरूको भीडभाड लागेको थियो।

तानसेनको बसपार्क टुँडिखेल, भीमसेन टोल, नारायणस्थान, अशनटोल शीतलपाटी, मखनटोल हुलाक चोक, सिल्खानटोल हुँदै विशाल बजारसम्म तरकारीको जात्रा प्रदर्शन गरिएको थियो।

कलाकारद्वय गोकुल सारु र नानु मगरले आलु ,लसुन, प्याज, टमाटर, भिन्टी, करेला, लौका, बन्दा, काउली , बेगन, सेमी, बोडी, पर्वललगायतका तरकारीहरू शरीरभरी लगाएर जात्रा देखाएका थिए।

मिलनसार उद्यमी महिला सहकारी संस्थाले उपभोक्तालाई स्थानीय ताजा सफा तरकारीको जानकारी दिनका लागि अभियान सञ्चालन गरिएको संस्थाकी अध्यक्ष कमला भण्डारीले बताइन्।