Logo
८ साउन २०८१, मंगलबार

पूर्वराजा ज्ञानेन्द्रको ७८औं जन्मोत्सव मनाइयो

अक्षरपाटी
२०८१ असार २३ , आईतबार ०२:०७ मा प्रकाशित

काठमाडौँ, २३ असार । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार आफ्नो ७८ औँ जन्मजयन्ती मनाएका छन् ।

जन्मदिनकै अवसरमा राजावादी संगठन शाही युवा शक्ति नेपालले नारायणहिटी अगाडि जन्मोत्सवको अवसरमा कार्यक्रम गरेको छ ।

जन्मोत्सवको अवसरमा उनको दीर्घायु तथा तेस्रो पटक गद्दी आरोहणको कामना गर्दै कार्यक्रम गरिएको संघको भनाइ छ ।