काठमाडौं,३१ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ सरकारमा सहभागि २१ जना मन्त्रीहरुले सामुहिक रुपमा सपथ लिएका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा मन्त्रीहरुले नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँग शपथ लिएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी तथा लोकतान्त्रिक समाजवादी पार्टीबाट मन्त्री बनेकाहरुले शपथ लिएका हुन् । नवगठित मन्त्री मण्डलमा नेपाली कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जनामन्त्रीको नाम पठाएका छन् ।
ओली सरकारका २१ जना मन्त्रीहरु
नेपाली कांग्रेस
१.प्रकाशमान सिंह– सहरी विकास
२.रमेश लेखक– गृह
३.आरजु राणा– परराष्ट्र
४.तेजुलाल चौधरी– युवातथा खेलकुद
५.अजयकुमार चौरसिया– कानुन, न्यायतथा संसदीयमामिला
६.दीपक खड्का– ऊर्जा
७.ऐनबहादुर शाही– वनतथावातावरण
८.प्रदीपपौडेल– स्वास्थ्यतथा जनसंख्या
९.बद्रीप्रसाद पाण्डे– संस्कृति, पर्यटन तथानागरिक उड्डयन
१०.रामनाथअधिकारी– कृषितथा पशुपन्छी
एमाले
१.विष्णु पौडेल– अर्थ
२.पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचनाप्रविधि
३.राजकुमार गुप्ता– संघीय मामिलातथा सामान्यप्रशासन
४.विद्या भट्टराई– शिक्षा, विज्ञान तथाप्रविधि
५.देवेन्द्र दाहाल– भौतिकपूर्वाधार तथायातायात
६.बलरामअधिकारी– भूमिव्यवस्था, सहकारी तथा गरिबीनिवारण
७.दामोदार भण्डारी– उद्योग, वाणिज्य तथाआपूर्ति
८.मानवीर राई– रक्षा
जसपा
१.प्रदीपयादव– खानेपानी
२.नवलकिशोर साह सुडी– महिला, बालबालिकातथा ज्येष्ठ नागरिक
लोसपा
१.शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा