Logo
८ पुस २०८१, सोमबार

संसदमा सवाल-जवाफ : प्रधानमन्त्री बोल्दै गर्दा वर्षमानको आपत्ति, सभामुखको रुलिङ

अक्षरपाटी
२०८१ साउन ७ , सोमबार ०३:०७ मा प्रकाशित

काठमाडौं,७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइनको विषयमा आफ्नो अभिव्यक्तिलाई अनावश्यक रूपमा टिप्पणी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सोमबार प्रतिनिधिसभाको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विषयमा आफूलाई अनावश्यकरूपमा लाञ्छना लाएको भन्दै आक्रोश व्यक्त गरे। उनले सदनमा राजनीतिक मतभेदका आधारमा जथाभाबी नबोल्न चेतावनी दिए।

उनले सदनमा डेडिकेटेड र ट्रंक लाइनको तिर्न बाँकी रकम तिर्नुपछ भन्नेमा सरकार स्पष्ट रहेको बताए। ओलीले आफ्नो लामो राजनीतिक जीवनमा कुनै दाग नलागेको भन्दै बाँकी जीवन पनि स्वच्छरूपमा बिताउने जिकिर गरे। कसैमाथि लागेको भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारका लान्छना लगाउने काम नगर्नसमेत उनले चेतावनी दिए। ओलीले सदनमा गालीगलौज गर्न नभइ देश र जनताको अवस्था परिवर्तन गर्नका लागि आएको बताए।

प्रधानमन्त्रीले धारणा राखिरहँदा माओवादी केन्द्रका सांसद वर्षमान पुनले प्रश्नोत्तर कार्यक्रममा प्रश्न बाहिरको विषयमा बोलेको भन्दै नियमापति गरे। त्यसपछि सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित भएर जवाफ दिन प्रधानमन्त्रीलाई निर्देश गरे। प्रधानमन्त्री ओलीले आफू विषय केन्द्रित रहेको जिकिर गरे। आफूले कसैलाई गाली गलौज नगरेको र सचेत मात्रै गराइएको उनले बताए।