Logo
२१ असोज २०८१, सोमबार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

अक्षरपाटी
२०८१ साउन १८ , शुक्रबार १०:०८ मा प्रकाशित

धनगढी,१८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज प्रदेश सभामा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दैछन् । विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति (रन्जिता श्रेष्ठ समूह) र स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा वैशाख ५ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतमा परेका छन् ।

सोडारीले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था भने छैन । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मत लिनका लागि २७ जनाको समर्थन चाहिन्छ । तर उनीसँग आफ्नो दल एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका १० गरी १४ जना मात्रै छन् । नयाँ गठबन्धनमा रहेका कांग्रेससँग १८ र एमाले सँग ११ गरी २९ जना प्रदेशसभा सदस्य रहेकाले सहजै सरकार बन्ने अवस्था छ ।