Logo
१४ असोज २०८३, बुधबार

‘बुलाकी’ को गीत ‘रातले कुर्या चन्द्रमा’ गीत सार्वजनिक

अक्षरपाटी
२०८१ साउन २९ , मंगलबार ०१:०८ मा प्रकाशित

काठमाडौँ, २९ साउन । फिल्म ‘बुलाकी’ को ‘रातले कुर्या चन्द्रमा’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा अन्नु चौधरी र नेपाल आइडल सिजन पाँचका विजेता करण परियारको स्वर छ।

बाबुल गिरीले संगीत भरेको गीतको भिडियोमा अभिनेता सुरक्षा पन्त र अभिनेता विराज बिष्टको अभिनय छ। लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म साउन ३२ पुनः प्रदर्शन हुनेछ।

राजबहादुर सानेको कथा रहेको फिल्ममा नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलद्धिप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङलगायतका कलाकारको अभिनय छ।