काठमाडौँ, ३० साउन। भुटानी शरणार्थी प्रकरणको पूरक अभियोग जिल्ला अदालत काठमाडौँमा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले बेचन झा विरुद्ध अभियोग पत्र दायर गरेको छ । दोस्रो चरणको अनुसन्धान घेरामा आएका थप प्रतिवादी पक्राउ परेका छैनन् ।
सरकारी वकिलले बेचनलाई ठगी, लिखत किर्ते, राज्य विरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । बेचनलाई आज बयान गराइँदै छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा उनको बयान गराइँदैछ ।
नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा झा बाट २८ करोड ८१ लाख ७४ हजार रकम असुल गर्नुपर्ने सरकारी मागदावी छ । मुलुकी अपराध संहिता–२०७४ को दफा २५४ बमोजिम प्रतिवादीबाट पीडितहरूलाई रकम भराउन मागदावी लिइएको छ । सरकारी वकिलले कसुरदारहरुबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क बापत रकम जम्मा गराउन पनि मागदावी लिएका छन् ।
झालाई एकिकृत कसुरमा पनि थप सजाय हुनुपर्ने सरकारको मागदाबी छ ।