Logo
२ असोज २०८१, बुधबार

प्रभु बैँक लि.र बुद्व एयरबीच सम्झौता

अक्षरपाटी
२०८१ साउन ३२ , शुक्रबार ०५:०८ मा प्रकाशित

काठमाडौं। प्रभु बैँकका कर्मचारी तथा ग्राहकलाई बुद्व एयरले विशेष छुट दिने भएको छ।

एयरलाइन्स र बैंकबीच यससम्बन्धि सम्झौता भएको हो। सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरका तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लाल कायस्थले हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार प्रभु बैँक लिमिटेडका कर्मचारी तथा ग्राहकले बैँकसँगको आबद्धता प्रमाणका आधारमा बुद्व एयरको सेवामा आठ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

बुद्व एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा सो छुटको व्यवस्था गरेको हो।

२०५३ साल बैशाख ११ गते स्विकृति प्राप्त गरी २०५४ असोज २५ गते बाट उडान सुरु गरेको बुद्व एयरले हाल आएर आन्तरिक उडानका साथै भारतको बनारसमा पनि सेवा विस्तार गरेको छ।

ग्राहकहरुको रोजाईमा अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत सेवा दिँदै आएको छ।

करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ।

लण्डन स्थित दि फाईनान्सियल टाईम्सद्वारा बैँक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैँक, छोटो समयको अन्तरालमा फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।