काठमाडौं। बिहीबार पनि सेयर बजारले ओरालो यात्रा कायम राखेको छ ।
आज नेप्से १२ अंकले घटेर परिसुचक २७२७ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६५ करोडको मात्र कारोबार भएको छ ।
आज १०१ कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटाको घटेको र ४ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लाग्दा लगानीकर्ताले प्रतिकित्ता ४७० रुपैयाँ कमाएका छन्।
यसबाहेक युनिक नेपाल लघुवित्त ९.१४ प्रतिशत, नेष्डो समृद्ध लघुवित्त ८.४३ प्रतिशत, अपर हेवाखोला हाइड्रो ७.९२ प्रतिशत र गुडविल फाइनान्सको सेयर ७.८३ प्रतिशतले बढेको छ।
आज धेरै प्रतिसेयर नोक्सानी व्यहोर्नेमा नेपाल फाइनान्सका लगानीकर्ता छन्। उनीहरुले ८.९१ प्रतिशत अर्थात् प्रतिकित्ता १४७ रुपैयाँ गुमाएका छन्। अन्य कम्पनीको अधिकतम ५.७७ प्रतिशतसम्मले सेयर मूल्य घटेको छ।
सर्वाधिक कारोबार भने नेपाल फाइनान्सको ४० करोड ५० लाख, एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाख, गुडविल फाइनान्स २९ करोड ९६ लाख, हिमालयन रि इन्स्योरेन्स २९ करोड र अपि पावरको २२ करोड ६१ लाखको सेयर कारोबार भएको छ।
नेप्से