काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्।
बुधबार अपराह्न ५ बजे बस्ने गरी प्रधानमन्त्रीले बैठक बोलाएका हुन्। संवैधानिक परिषदमा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख रहने व्यवस्था छ।
प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद बैठक बोलाइएको स्रोतको भनाइ छ।
उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले परिषद बैठक बोलाएका हुन्।
मंगलबारको प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले) का सांसदहरूले उपसभामुख रानामाथि आचरणको प्रश्न उठेकोले राजीनामा मागेका थिए।