Logo
२४ फागुन २०८२, आईतबार

उपत्यकाका नदीले खतराको तह पार गरे

अक्षरपाटी
२०८१ असोज ११ , शुक्रबार ०३:०९ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यका भएर नदीहरूमा आएको बाढीले खतरा तह पार गरेको छ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकास्थित बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो।

त्यस्तै बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको हो। पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षा निरन्तर भइरहने सम्भावना रहेकाले रातिसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ।