Logo
२४ मंसीर २०८१, सोमबार

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा भने वृद्धि

अक्षरपाटी
२०८१ कात्तिक ७ , बुधबार ०३:१० मा प्रकाशित

काठमाडौं । नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। आज नेप्से २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा अडिएको छ। सूचक घटे पनि कारोबार रकम भने बढेको छ।

यसदिन ३२४ स्क्रिप्टको १ करोड ४७ लाख ४२ हजार ५१४ कित्ता सेयर ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार ८५३ रुपैयाँमा किनबेच भएको छ। हिजो ४ अर्ब १७ करोड १६ लाख बराबरको कारोबार भएको थियो।

आज फाइनान्स र ट्रेडिङबाहेक अन्य समूहको उपसूचक घटेका छन्। आईसीएफसी फाइनान्सको र समृद्धि फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाग्यो।

कारोबार रकमका आधारमा आइसीएफसी फाइनान्स अग्रस्थानमा आएको छ। आइसीएफसीको ३ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसैगरी दोस्रोमा कुमारी बैंक र तेस्रो स्थानमा साहस ऊर्जा परेका छन्।