Logo
१२ असोज २०८३, सोमबार

सेयर बजारमा ४६.६९ अंकको वृद्धि, ६ अर्बमाथिको कारोबार

अक्षरपाटी
२०८१ कात्तिक १३ , मंगलबार ०३:१० मा प्रकाशित

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ विन्दुमा अडिएको छ। नेप्से उच्च अंकले बढ्दा सबै सूचक सकारात्मक देखिएका छन्। कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ।

सेन्सेटिभ इण्डेक्स ८.३३ अंकले बढेर ४८१.२८ विन्दुमा पुगेको छ।

यसदिन ३१९ स्क्रिप्सको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५८० रुपैयाँमा खरिदबिक्री भए। सोमबार ५ अर्ब ३४ करोड मूल्य बराबरको कारोबार भएको थियो।

नेप्से परिसूचक दोहोरो अंकले बढ्दा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तकोशी डेभलपमेन्ट,सानिमा जीआईसी इन्स्योरेन्स,कुथेली बुखारी स्माल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्टको सेयर १० प्रतिशतले बढेको हो।

समृद्धि फाइनान्स २४ करोड मूल्य बराबरको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। पिपुल्स हाइड्रोपावरको १६ करोड मूल्य बराबरको कारोबार हुँदा सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड,जानकी फाइनान्सको १३ करोड र साहस ऊर्जाको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन नन लाइफ इन्स्योरे‍न्सको सेयर सर्वाधिक ३.६० प्रतिशतले बढ्यो । कारोबारमा आएका २२१ स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। बाँकी ५ स्टक्सको मूल्य स्थिर रह्यो।

नेप्से सेयर बजार