Logo
२६ जेठ २०८३, मंगलबार

चलचित्र ‘ह्रस्व दीर्घ’को गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक

अक्षरपाटी
२०८१ कात्तिक २८ , बुधबार ०१:११ मा प्रकाशित

काठमाडौं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ।

मंगलबार रिलिज ‘भगवान नै आमा हुन्’ बोलको गीतमा सत्यराज आचार्यले स्वर दिएका छन्। मर्मस्पर्शी सुनिने गीतमा आमाको महिमा वर्णन गरिएको छ। गीतमा बाबुल गिरीको शब्द रचना र संगीत छ।

सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा प्रस्तुत गरिएको छ।

भिडिओमा अभिनेत्री बिपना थापालाई आमाको रूपमा चित्रित गरिएको छ। उनको अभिनय मनछुने लाग्छ। एक समयकी सफल अभिनेत्री बिपनाले ‘ह्रस्व दीर्घ’ बाट १३ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेकी हुन्।

नीता फिल्मस्को प्रस्तुति, चन्द्र पन्त निर्देशित फिल्ममा नेपाली र भारतीय कलाकारहरूको अभिनय छ।

हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत कलाकारहरूले अभिनय गरेका छन्।

नीता ढुंगानाको लगानी रहेको फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ।