Logo
३० वैशाख २०८२, मंगलबार

दमकको भ्यू टावर उद्घाटन गर्न प्रधानमन्त्री ओली झापा जाँदै

अक्षरपाटी
२०८१ मंसीर २३ , आईतबार १०:१२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली झापा जाने भएका छन्।

झापाको दमकमा बनेको विजनेस टावरको उद्घाटन गर्न प्रधानमन्त्री ओली आइतबार झापा जान लागेको उनको निजी सचिवालयले जनाएको छ।

दमक टावरको ओली यसअघि प्रधानमन्त्री हुँदा निर्माण सुरू गरिएको थियो। दमक नगरपालिका-३ मा करिब डेढ अर्ब लगानीमा यो टावर निर्माण भएको हो।

प्रधानमन्त्री ओली सोमबार पनि झापामै बस्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।