Logo
१ चैत्र २०८१, शनिबार

२१ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

अक्षरपाटी
२०८१ मंसीर २५ , मंगलबार ११:१२ मा प्रकाशित

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोलामा २१ सयले बढेको छ। सुनचाँदी व्यवसायी संघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार २ सयमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य प्रतितोलामा ६० रुपैयाँ बढेको हो। आज चाँदी तोलाको १ हजार ९२५ मा कारोबार भइरहेको छ।

सोमबार चाँदीको कारोबार मूल्य प्रतितोला १ हजार ८६५ थियो।