काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य २ हजार २ सय रुपैयाँ घटेको हो ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो । आइतबार भने घटेर तोलामा १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार तोलामा १ हजार ८ सय ६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर घटेर १ हजार ८ सय ४० रुपैयाँ कायम भएको हो ।