Logo
२९ साउन २०८३, शुक्रबार

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ मा आगन्तुको ओइरो, नाै तस्विर

अक्षरपाटी
२०८३ साउन २९ , शुक्रबार ०६:०८ मा प्रकाशित

काठमाडाैं। साउन २६ देखि नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा काठमाडाैंको भृकुटीमण्डमा सुरु भएकाे ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा दिनकै आगन्तुकको ओइरो लाग्ने गरेको छ।

चार दिनमै करिब १ लाख बढीले एक्स्पोको अवलोकन गरिसकेकाे आयोजकले जनाएको छ। आयोजकका अनुसार पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार सोही सँख्यामा शुक्रबार पनि भिजिटरहरु आएका छन्।

शनिबार सार्वजनिक बिदा हुने भएकाले कामकाजीहरुले समेत फुर्सद पाउने भएकाले यो सँख्या निकै बढ्ने विश्वास आयोजकहरुको छ।
३१ साउनसम्म चल्ने एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन आकर्षक बनेका छन्।

धेरै ब्रान्ड र मोडल उपलब्ध भएकाले आफ्नो आवश्यकता तथा बजेटअनुसार सवारीसाधन छनोट गर्न सहज भएको अवलोकनकर्ताले बताएका छन्।

यसैबीच बिहीबार ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक नाइमा मोबिलिटी संवाद आयोजना गरिएको थियो। संवादमा सहभागीहरुले अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै गएसँगै जोखिम व्यवस्थापन, बिमा दाबीको सहज प्रक्रिया र ग्राहकलाई सरल रूपमा कर्जा उपलब्ध गराउनुपर्ने बताएका थिए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले कर्जा प्रवाहमा जोखिम व्यवस्थापनका लागि कर्जा-मूल्य अनुपात महत्वपूर्ण रहेको बताएका थिए। सन् २००७/०८ को विश्वव्यापी वित्तीय संकटपछि बैंकको पुँजी मात्र पर्याप्त नहुने देखिएपछि कर्जा-मूल्य अनुपातको व्यवस्था गरिएको उनले बताए।

कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बिमा दाबीका विषयमा समस्या हुने धारणा बने पनि बीमा दाबीका निश्चित आधार र प्रक्रिया रहेको बताएका थिए। बिमा दाबीको प्रक्रिया र आवश्यक प्रमाणबारे स्पष्ट जानकारी भए दाबी फर्छ्योट सहज हुने उनको भनाइ थियो।

क्षतिको सही विवरण र त्यसलाई पुष्टि गर्ने आवश्यक कागजात उपलब्ध गराए बिमा दाबी निष्पक्ष र पारदर्शी रूपमा फर्छ्योट गर्न सहज हुने उनले बताए। बिमा प्राधिकरणले छिटो भुक्तानीका लागि आवश्यक निर्देशन दिँदै आएको र दाबीको अवस्था डिजिटल माध्यमबाट समेत हेर्न सकिने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

प्रदर्शनीमा दृश्यहरु :-

तस्विर २

तस्विर ३

तस्विर ४

तस्विर ५

तस्विर ६

तस्विर ७

तस्विर ८

तस्विर ९

नाइमा नेपाल मोबिलिटी एक्स्पो

ट्रेन्डिङ ( साप्ताहिक )