Logo
१९ पुस २०८१, शुक्रबार

तोलामा १ हजारले घट्यो सुन

अक्षरपाटी
२०८१ पुस १६ , मंगलबार ११:१२ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ७६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।