Logo
१२ कात्तिक २०८२, मंगलबार

आजदेखि सिनेमा हलमा ‘कार्साङ’ प्रदर्शनमा

अक्षरपाटी
२०८१ पुस २६ , शुक्रबार १०:०१ मा प्रकाशित

काठमाडौँ । आजदेखि देशभरका सिनेमा हलमा नेपाली फिल्म ‘कार्साङ’ प्रदर्शनमा आएको छ। शेर्पा समुदायको कथावस्तुमा आधारित ‘कार्साङ’ यम शेर्पाले लेखन तथा निर्देशनमा तयार भएको फिल्म हो।

यो फिल्ममा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झालगायत कलाकारको अभिनय छ। छायांकारसमेत रहेका पुरुषोत्तम प्रधान फिल्मका निर्माता हुन्।

आङछिरिङ शेर्पा प्रस्तुतकर्ता रहेको फिल्म दुई घण्टा पाँच मिनेटको छ। ‘कार्साङ’ ले हेर्नैपर्ने मौलिक फिल्मको रूपमा चर्चा पाएको छ।