काठमाडौँ । साप्तहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ७.३३ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.२८ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ५ सय ८८.६२ विन्दुमा बन्द भएको छ । गत बुधबार झिनो अंकले बढेको नेप्सेमा बिहीबार करिब साढे ७ अंकले घटेको हो ।
उक्त दिन कारोबारमा आएकामध्ये ८९ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १५१ वटाको घट्यो भने बाँकी ३ वटा कम्पनीको स्थिर रहयो ।
७० हजार ६ सय ३४ पटकको कारोबारमा १ करोड १७ लाख ४९ हजार ७ सय १ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ५ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि बढेको हो ।