



काठमाडौं । कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको यस वर्षको मनसुन प्रणाली मधेश, बागमती हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भूभागसम्म विस्तार भएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार ५ असारमा कोशी प्रदेशबाट भित्रिएको मनसुन प्रणाली विस्तार हुँदै आइतबारसम्म कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानसम्म पुगेको हो।
महाशाखाले जारी गरेको बुलेटिनमा हाल मनसुन प्रणाली कमजोर अवस्थामै रहेको जनाएको छ। यस कारण देशका बाँकी भूभागमा मनसुन विस्तार हुन अझै केही दिन लाग्ने प्रक्षेपण गरिएको छ।
नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा ६ दिन ढिलो गरी ५ असारमा भित्रिएको थियो। मौसमविद्हरूका अनुसार मनसुन सक्रियता क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ।
मनसुन


