Logo
१ चैत्र २०८१, शनिबार

सुनको मूल्य तोलामा १२०० रुपैयाँले बढ्यो

अक्षरपाटी
२०८१ फागुन ५ , सोमबार १०:०२ मा प्रकाशित

काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो ।

यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार ९५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ
यो पनि हेर्नुहोस् : सुन तोलामा १४ सय बढ्यो