Logo
२२ असार २०८३, सोमबार

प्रधानमन्त्रीलाई बालेनले भने : मलाई हराउने ताकमा देश नडुबाउनु होला

अक्षरपाटी
२०८१ फागुन १६ , शुक्रबार ०९:०२ मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश नडुबाउन सुझाव दिएका छन्।

आफूलाई भोको पेट मारेर प्रधानमन्त्रीले हराउन खोजेपनि आफूहरू मदन भण्डारीको सपना पुरा गर्न हिंडेको जिकिर गरेका छन्।

अबेर राति सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै मेयर बालेनले भनेका छन्-‘प्रधानमन्त्रीज्यु, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !’

केन्द्र सरकारले बालेनको काममा असहयोग मात्र होइन ओली निकटका नेता-कार्यकर्ताले बालेनको सकारात्मक कामलाई समेत विवादमा तान्न कोसिस गर्ने गरेको आम जनताको गुनासो छ।

यहीबेला ओली सरकारले कार्यकारी अधिकृत नै नपठाएर काठमाडौं महानगरको काममा अप्ठेरो पारिरहेको समाचार बाहिरिरहेकाबेला बालेनको उक्त भनाई आएको हो।

मेयर बालेनले थप भनेका छन्- ‘मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!’