Logo
२८ फागुन २०८१, बुधबार

स्ववियु निर्वाचन : आज अन्तिम नामावली प्रकाशन गरिँदै

अक्षरपाटी
२०८१ फागुन २८ , बुधबार ११:०३ मा प्रकाशित

काठमाडौँ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तालिका अनुसार बुधबार उम्मेदवारको दाबी विरोध तथा अन्तिम नामावली प्रकाशन गरिँदैछ।

मंगलबार प्रत्यक्ष र समानुपातिक दुवै तर्फको दर्ता भएको उम्मेदवारको आज दाबी विरोध गर्ने समय दिउँसो ४ बजे सम्म तोकिएको छ। त्यसपछि बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ।

मंगलबार अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता भएको त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकांश आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मनोनयन दर्ता भएको जानकारी दिए।

स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन