Logo
१ असार २०८२, आईतबार

सरकारले गर्‍यो एकैपटक १० जना सचिवको सरुवा

अक्षरपाटी
२०८२ जेठ १४ , मंगलबार ०४:०५ मा प्रकाशित

काठमाडौं । सरकारले सचिवहरूको सरुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरू डा. रामप्रसाद घिमिरेलाई उद्योग तथा वाणिज्य मन्त्रालय, किरणराज शर्मालाई लोक सेवा आयोग, हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

यसैगरी डिल्लिराम शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, दीपक काफ्लेलाई राष्ट्रपतिको कार्यालय, चुडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको छ ।

यसैगरी महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा भएको छ । यसैगरी हालै बढुवा भएका सचिव शोभाकान्त पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा पदस्थापन गरिएको छ ।